माधव नेपाललाई एमालेमै फर्कने रहर



हाम्रो इकोनोमि

 

नेकपा एमालेबाट निकालिएका माधवकुमार नेपालले अझै एमालेमै बस्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको छ । आइतबार भर्चुवल माध्यमबाट भएको गुट निकटका अनेरास्ववियूका नेताहरूसँगको छलफलमा नेपालले यस्तो रहर व्यक्त गर्नुभएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपालले आफूलाई एमाले छाड्न मन नलागेको तर आफूसहित विवाद समाधान कार्यदलका आफू निकटका संयोजक डा भीमबहादुर रावललाई कारबाही गरेकाले अफ्ठेरो भएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति सम्भावना कम रहेको भन्दै उहाँले पाएसम्म एमालेमै रहन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभएको थियो ।

नेता नेपाललले मदन भण्डारीले समेत फरक मतलाई सम्बोधन गरेर पार्टी बस्न दिएको भन्दै आफूहरूले पनि अझै एमालेमै बस्न पाउँदा राम्रो हुने बताउनुभएको थियो । सो छलफलमा सहभागी तत्कालीन एमालेको मोर्चा संगठनका प्रमुख एवं पूर्व मन्त्री गोकर्ण विष्टलाई ओलीसँग कुरा मिलाउन अनुरोध गर्नुभयो ।

बैठकमा सहभागी तीन नेताका अनुसार एमालेमा माधव नेपालहरूले ठाउँ पाउने कि नपाउने भन्नेबारेमा ओलीसँग छलफल गरेर निर्णय गर्ने जिम्मा विष्टले पाउनुभएको छ । नेपालले एमालेमा बस्ने ठाउँ नपाए नयाँ पार्टी गठन गर्ने आशय पनि व्यक्त गरेको ती नेताले बताए ।

पार्टी भित्र बिसेर अनैतिक काम गरेपछि नेपालसहितका ११ नेता साधारण सदस्य समेत नरहनेगरी कारबही परेका थिए । नेपालले एमोलेको आधाकारिक उम्मेदवारलाई चुनाव हराउन, एमालेकै सरकार ढालेर शेरबहदुर देउवालाई प्रधानमन्त्री बनाउने नाममा पार्टीका अन्य सांसदको हस्ताक्षर समेत विक्री गरेपछि कारबाही भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...