माधव नेपाललाई एमालेमै फर्कने रहर



हाम्रो इकोनोमि

 

नेकपा एमालेबाट निकालिएका माधवकुमार नेपालले अझै एमालेमै बस्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको छ । आइतबार भर्चुवल माध्यमबाट भएको गुट निकटका अनेरास्ववियूका नेताहरूसँगको छलफलमा नेपालले यस्तो रहर व्यक्त गर्नुभएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेपालले आफूलाई एमाले छाड्न मन नलागेको तर आफूसहित विवाद समाधान कार्यदलका आफू निकटका संयोजक डा भीमबहादुर रावललाई कारबाही गरेकाले अफ्ठेरो भएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति सम्भावना कम रहेको भन्दै उहाँले पाएसम्म एमालेमै रहन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभएको थियो ।

नेता नेपाललले मदन भण्डारीले समेत फरक मतलाई सम्बोधन गरेर पार्टी बस्न दिएको भन्दै आफूहरूले पनि अझै एमालेमै बस्न पाउँदा राम्रो हुने बताउनुभएको थियो । सो छलफलमा सहभागी तत्कालीन एमालेको मोर्चा संगठनका प्रमुख एवं पूर्व मन्त्री गोकर्ण विष्टलाई ओलीसँग कुरा मिलाउन अनुरोध गर्नुभयो ।

बैठकमा सहभागी तीन नेताका अनुसार एमालेमा माधव नेपालहरूले ठाउँ पाउने कि नपाउने भन्नेबारेमा ओलीसँग छलफल गरेर निर्णय गर्ने जिम्मा विष्टले पाउनुभएको छ । नेपालले एमालेमा बस्ने ठाउँ नपाए नयाँ पार्टी गठन गर्ने आशय पनि व्यक्त गरेको ती नेताले बताए ।

पार्टी भित्र बिसेर अनैतिक काम गरेपछि नेपालसहितका ११ नेता साधारण सदस्य समेत नरहनेगरी कारबही परेका थिए । नेपालले एमोलेको आधाकारिक उम्मेदवारलाई चुनाव हराउन, एमालेकै सरकार ढालेर शेरबहदुर देउवालाई प्रधानमन्त्री बनाउने नाममा पार्टीका अन्य सांसदको हस्ताक्षर समेत विक्री गरेपछि कारबाही भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...