सुदूरपश्चिममा एक्लिँदै भीम रावल, यस्तो छ तथ्य



हाम्रो इकोनोमि

 

आफ्नो एकछत्र राज चलाउन चाहनु हुने पूर्वमन्त्री भीम रावल आफ्नो प्रदेशमै एक्लो बन्ने अवस्थामा पुग्नुभएको छ । आफ्नो आदेशपालकबाहेक कसैलाई स्थान नदिने रावलको शैलीप्रति उहाँ निकट अधिकांश नेताहरु नै असहमत बनेपछि रावल एक्लिन थाल्नुभएको हो। एमालेमा रहँदा आफू बराबरको हैसियत बनाउन नदिन भीम रावलले अनेक प्रयास गरेको बारे एमाले वृत्तमा अहिले पनि चर्चा हुन्छ । तत्कालीन एमालेका नेता तथा पूर्वराज्यमन्त्री मोहनसिंह राठोरलाई चुनावमा टिकट नदिन रावलले अनेक प्रपञ्च गर्नुभयो । आफै चुनाव लड्ने तयारी गरेजस्तो गरेर उहाँले राठोरलाई पाखा लगाएर नातेदार झपट रावललाई टिकट दिलाएको बिषय अझै सेलाएको छैन । आफ्नो पक्षमा हुँदासम्म पक्षपोषण गर्ने र बराबरी हैसियत बनाउन खोजे पार्टीमै बस्न नदिन पनि भीम रावल ठुलै जोडबल लगाउने गरेको तथ्य सुदुरपश्चिममा धेरै छन । रावलको त्यही हुकुमी शैलीका कारणले अहिले सुदूरपश्चिम प्रदेशमा उहाँ एक्लिन थाल्नुभएको हो ।

शुक्रबार सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् बिस्तार गर्दा प्रकाश शाहले नै आफ्नो अधिकार प्रयोग गरेपछि कसलाई मन्त्री बनाउने भन्ने योजना रावलको रहेको स्रोतको दाबी छ । रावलकै निर्देशनमा कञ्चनपुरका तारा लामा तामाङ र कुलवीर चौधरीलाई मन्त्री बन्न शाहले तयारी गर्नुभएको थियो । तर, दुबै जनाले पार्टीले फिर्ता लिइसकेको सरकारमा जान नहुने अडान राख्नुभयो । चौधरी र तामाङले मन्त्री बन्न अस्वीकार गरेपछि दलका नेता शाहलाई समस्या भयो । उहाँले जसरी पनि एमालेका केही सांसदलाई मन्त्री बनाउने योजना बनाउनु भयो । फलस्वरूप चर्चामै नरहेका र जनमत कम भएका अधिकांश सांसदलाई लोट्री पर्यो । ती मध्ये हुन अर्चना गहतराज र मना कुमारी साउद । अछामकै समानुपातिक सांसद साउदले रावलको साथ छोड्ने भएपछि राज्यमन्त्री बनाइएको बताइएको छ ।

प्रभाव बढी भएका नेताहरूले रावलको साथ छोडेपछि संख्या देखाउन र गुट बढाउन मात्रै मन्त्री र राज्यमन्त्री थप गरिएको प्रदेश कमिटीका एक सदस्यले जनताटाइम्सलाई बताए । ‘यो सुरुवाती दृष्यले नै अब सुदूरपश्चिम प्रदेशमा भीम रावल एक्लिँदै गएका छन भन्ने प्रमाण आयो,’ ती नेताले भने । अछामबाट पटक पटक नेतृत्वमा गएपछि त्यहाँको विकासमा चासो नदिएको आरोप रावललाई लाग्ने गरेको छ । अहिले उनकै क्षेत्रमा माओवादीबाट निर्वाचित भएका सांसद झपट बोहरा पनि माओवादी त्यागेर एमालेमा आएपछि रावललाई थप समस्या भएको छ । रावलले बर्षौ पहिलेदेखि गर्न नसकेको काम बोहराले दुई वर्षमै गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...