प्रधानमन्त्री ओलीलाई सर्वोच्चको राहत, संसद पुनर्स्थापना नहुने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धनका सांसदहरु लाइन लागेर सर्वोच्च अदालत पुगे । १४६ सांसदले हस्ताक्षर सनाखत गरेर अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा संवैधानिक इजलासमा सुनुवाइमा गएको छ । सांसदहरु आफै उपस्थित भएर हस्ताक्षर गरेपछि धेरैले पुनर्स्थापना हुने जिकिर गरेका छन् । धेरै बुद्धिजिवीले, पूर्वन्यायाधीश समेतले सांसद आफै उपस्थित हुँदा मुद्दामा सहयोग पुग्ने तर्क गरेका छन् ।

तर पूर्वन्यायाधीशलाई समेत थाहा रहेनछ २०५१ सालको नजिर । त्यतिबेला पनि सांसदहरु लाइन लागेर अदालत थएका थिए । तर संसद विघटन सदर भयो पुनर्स्थापना हुँदैन । त्यसैले अदालतले सांसदको संख्या होइन कानुन हेर्छ भन्ने नजिर त्यतिबेला नै बसिसकेको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा आफ्नो नीति तथा कार्यक्रम फेल भएपछि पार्टीबाटै बहुमतको निर्णय गराएर संसद विघटन गरेका थिए । त्यसविरुद्ध तत्कालीन कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिसहित कांग्रेस र एमालेका बहुमत सांसदले सर्वोच्च अदालतमा वैकल्पिक सरकार बनाउँछौं भनेर निवेदन दिएका थिए ।

आफै उपस्थित भएर सांसदले निवेदन दिए पनि प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको ११ जना न्यायाधीशको बृहत इजलासले संसद् विघटन सदर गरेको थियो । यो नजिरले अदालतले लाइन लागेर आएका सांसदको संख्या होइन कानुन हेर्छ भन्ने देखाउने एमाले विदेश विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...