प्रधानमन्त्री ओलीलाई सर्वोच्चको राहत, संसद पुनर्स्थापना नहुने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धनका सांसदहरु लाइन लागेर सर्वोच्च अदालत पुगे । १४६ सांसदले हस्ताक्षर सनाखत गरेर अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा संवैधानिक इजलासमा सुनुवाइमा गएको छ । सांसदहरु आफै उपस्थित भएर हस्ताक्षर गरेपछि धेरैले पुनर्स्थापना हुने जिकिर गरेका छन् । धेरै बुद्धिजिवीले, पूर्वन्यायाधीश समेतले सांसद आफै उपस्थित हुँदा मुद्दामा सहयोग पुग्ने तर्क गरेका छन् ।

तर पूर्वन्यायाधीशलाई समेत थाहा रहेनछ २०५१ सालको नजिर । त्यतिबेला पनि सांसदहरु लाइन लागेर अदालत थएका थिए । तर संसद विघटन सदर भयो पुनर्स्थापना हुँदैन । त्यसैले अदालतले सांसदको संख्या होइन कानुन हेर्छ भन्ने नजिर त्यतिबेला नै बसिसकेको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा आफ्नो नीति तथा कार्यक्रम फेल भएपछि पार्टीबाटै बहुमतको निर्णय गराएर संसद विघटन गरेका थिए । त्यसविरुद्ध तत्कालीन कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिसहित कांग्रेस र एमालेका बहुमत सांसदले सर्वोच्च अदालतमा वैकल्पिक सरकार बनाउँछौं भनेर निवेदन दिएका थिए ।

आफै उपस्थित भएर सांसदले निवेदन दिए पनि प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको ११ जना न्यायाधीशको बृहत इजलासले संसद् विघटन सदर गरेको थियो । यो नजिरले अदालतले लाइन लागेर आएका सांसदको संख्या होइन कानुन हेर्छ भन्ने देखाउने एमाले विदेश विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...