ओली सरकारको जनमुखी बजेटले माओवादी ‘पत्ता साफ’ हुने



हाम्रो इकोनोमि

 

 

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई नागरिकले स्वागत गरेका छन् । जनमुखी बजेट भएकाले खुसियाली मनाएका छन् ।सरकारले वृद्ध भत्ता बढाएको छ । कर्मचारीको तलब बढाएको छ । स्वास्थ्य सवयंसेविकाको भत्ता सतप्रतिशत वृद्धि गरेको छ । सुरक्षाकर्मीको राशन भत्ता बढाएको छ । सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बढाएको छ । कर छुटदेखि विशेष राहत लगायत सुविधा ल्याएर उद्योग व्यवसायीहरुका लागि खुशीको बहार ल्याएको छ । जन जनलाई छुनेगरी बजेट ल्याएको छ । पुरै बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत गरेको छ ।

बजेटको जन जनबाट सकारात्मक प्रतिक्रिया आइरहेका बेला विपक्षी गठबन्धन भने आत्तिएको छ । विपक्षीले बजेटलाई सकारात्मक रुपमा त लिन सकेको छैन भने चुनावकेन्द्रीत भनेर टिप्पणी गरेको छ । अझ माओवादी केन्द्र त चुनावमा पत्ता साफ हुने डरले चिन्तित बनेको छ । यो बजेट गैरकानुनी भएकाले कार्यान्वयन हुन नहुने टिप्पणी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ । कांग्रेसले सरकारले अपेक्षा गरेजस्तो एकै पटक अर्थतन्त्र उकालो लाग्ने र राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार नभएको  प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकार निर्वाचन गर्ने योजनामा रहेकाले आफ्नो पार्टीलाई चुनावमा मत बटुल्न सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न नाराका साथ बजेट ल्याइएको आरोप लगाए ।  उनले भने, ‘यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न ।’

नेकपा(माओवादी केन्द्र) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए । उनले भने, ‘नियमित सेवा र  काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विपरीत काम भएको छ, निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ ।’

हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले भने, ‘आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको छ ।’

सरकारको आर्थिक वर्ष २०७८/७९ को आयव्ययको अनुमानित विवरण(बजेट)का सम्बन्धमा प्रारम्भिक प्रतिक्रिया दिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आफूहरुले पूर्वकल्पना गरेजस्तै सबै मानिसलाई  रिझाउने मुख्य उद्देश्यले ल्याइको बजेट विकास खर्च कम गर्न उद्दत भएर आएका रुपमा देखिएको बताए । उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ ।’

प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत जारी बजेटलाई  प्रतिपक्षले कार्यान्वयनमा निकै चुनौती रहेको प्रतिक्रिया दिएको छ । प्रतिपक्ष दलले तलब, भत्ता र विदेशी ऋण तिर्ने र बहुवर्षीय योजनालाई निरन्तरताबाहेक अन्य कार्यक्रम नसमेट्न तथा पूर्ण बजेट नल्याउन सुझाव दिएका थिए ।

सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण मुलुकको अर्थतन्त्र सुदृढीकरण र  रोजगारी सिर्जनामा गम्भीर असर पुगेको बजेटमार्फत जानकारी दिएको छ । सरकारले बजेटमा कोरोना संक्रमण रोकथाम र उपचारका लागि उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...