सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने बताए । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरे ।

‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उनले भने, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन । आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा जोड दिए । उनले भने, ‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’ ओलीले आज भइरहेको अराजकता तथा असंसदीय र अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक पद्दतिप्रति नै जनतामा वितृष्ण उत्पन्न गर्ने चिन्ता बढेको बताए ।

‘कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका विकृति देखा परेका छन्’, उनले भने, ‘२०४८ सालपछि देखिएका संसदीय विकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’ प्रधानमन्त्रीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...