देउवा बिरुद्ध रामचन्द्र, शेखर, सिटौला र गगन थापाको खतरनाक डिजाइन



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवा केही महिना अघिसम्म पार्टीभित्रै अर्को खेमाका नेताहरूको तारो थिए । २०७७ पुस ५ मा पहिलोपटक प्रतिनिधिसभा विघटनपछि पार्टीभित्रका आलोचकले मात्रै होइन, बाहिरबाट पनि उनी आलोचित भए । त्यसको कारण थियो– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेर आन्दोलन छेड्न अस्वीकार गर्नु ।

२०७७ पुस ५ पछि तत्कालीन नेकपाको प्रचण्ड र माधव नेपाल पक्षबाट भावी प्रधानमन्त्रीको अफर आउँदा पनि देउवा टसको मस भएका थिएनन् । तर अहिले अवस्था ठ्याक्कै बदलिएको छ । हिजो आगामी चुनावपछि मात्र सरकारको नेतृत्व गर्ने अड्डी कसेर बसेका देउवा सत्तामोहमा ‘आइस’जस्तै पग्लिएका छन् । र, कांग्रेसका मात्र होइनन्, माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष हिजोका दिनमा बदनामी कमाएका देउवाको वरपर गोलबद्ध भएका छन् ।

यो दृश्यले देउवा पुनः राजनीतिको केन्द्र बनेको देखाउँछ । तर के हिजो ओझेलमा परेका र दुत्कारिएका देउवाको भविष्य फेरि बौरिएको हो त ? गुल्जार बन्ने दिशातिर उन्मुख भएको हो ? यसको जवाफ खोज्नुपूर्व देउवाले अब तय गर्नुपर्ने यात्राका लागि चाहिं निकै  घोत्लनु पर्ने हुन्छ । हालकाे नेपाली कांग्रेसभित्रकाे देउवा इतरकाे राजनीतिक डिजाइनले देउवाको भावी दिन सोचेजस्तो सहज हुने देखिँदैन ।

सत्तारोहण जटिल 

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार सरकार गठनका लागि देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट परेको दाबी बदर गर्दै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दल विभाजित छन् । कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एमालेकै माधवकुमार नेपाल पक्ष प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै अदालत पुगेको छ भने सत्तारूढ एमाले आफ्नै नेतृत्वको सरकारबाट चुनाव गराउने पक्षमा छ ।

प्रतिनिधिसभाको पहिलो विघटन बदर गरेको सर्वोच्चले यसपटक कस्तो आदेश दिन्छ, अनुमान गर्ने अवस्था छैन । किनभने, यसपटक विगतजस्तो प्रक्रिया नमिची सबै धाराको प्रयोग गरिएको छ । विपक्षीले ७६(४) को प्रयोगमा विमति जनाए पनि प्रधानमन्त्री आफैंले विश्वासको मत लिने अवस्था छैन भनेर स्वीकारेकाले यसमा दम देखिँदैन ।

जहाँसम्म ७६(५)को सन्दर्भ छ, यसमा पनि विपक्षीको तर्क वस्तुसंगत देखिदैन । पहिलो त यो धाराले निर्दलीय ढंगले सरकार बनाउने परिकल्पना नै गरेको छैन । अर्को, यो धारामा राष्ट्रपतिले स्वविवेकीय ढंगले निर्णय लिने प्राधिकार प्रदान गरेको छ । कांग्रेसका वरिष्ठ नेता लक्ष्मण घिमिरे देउवाजस्तो लोकतान्त्रिक मूल्य र मान्यता बोकेको पार्टीका नेता निर्दलीय ढंगले दाबी पेस गर्नु जानु ‘अनैतिक’ भएको बताउँछन् ।

यति हुँदाहुँदै पनि सर्वोच्चबाट फरक व्याख्या आउने अवस्था नरहेको होइन । यदि सर्वोच्चबाट प्रतिनिधिसभा विघटन पुनः बदर भएको अवस्थामा देउवाले प्रधानमन्त्री बन्नका निम्ति गणित सिद्ध गर्नुपर्ने हुन्छ । जुन काम उति सजिलो देखिँदैन ।

जस्तो कि विघटित प्रतिनिधिसभा पुनः स्थापना भएमा नेकपा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहको १२ र राष्ट्रिय जनमोर्चाको १ सांसद हुनेछ । तर एमालेभित्र विवाद रहेकाले देउवाको पक्षमा उभिएका २३ सांसदमाथि कारबाही हुने पक्कापक्की छ । ८ सांसद समानुपातिकतर्फका भएकाले तिनलाई एमालेले तत्कालै नियुक्ति गर्न सक्छ ।

यदि परिस्थिति यसरी विकास भएमा संसदको गणित २७१–२३+८=२५६ हुन्छ । अर्थात् आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले १२९ सांसद पुर्याउनुपर्ने हुन्छ । तर देउवासँग एमालेका सांसद कारबाहीमा परेको अवस्थामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८, जसपाको १२ र राष्ट्रिय जनमोर्चाको १ गरी १२२ सांसद मात्र जुटाउन सक्छन् । र, फेरि पनि संविधानतः प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यता आउँछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...