जसपामा कठोर कदम चाल्दै महन्थ ठाकुर



हाम्रो इकोनोमि

 

जनता समाज पार्टी (जसपा) नेपालमा दुई समूहबिच विवाद बढ्दो छ । एकले अर्कोलाई स्पष्टीकरण सोध्ने, काउन्टर दिने गतिविधि चलिरहेको छ । यस्तोमा कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ । ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन् ।

कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन् । कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन् । ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ । एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा पुगेकी छन् ।

संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छ । संसद् विघटन भएको अवस्थामा कार्यकारिणीमा बहुमत जुटाउन दुवै पक्षको हानथाप सुरु भएको हो । अहिले कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बहुमतमा छ । ठाकुर पक्षका तीनजना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, गजाधार यादव र रमेश यादव कित्ता परिवर्तन गरी उपेन्द्र पक्षमा पुगेपछि कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहन सफल भएको हो ।  जसरी पूर्वराजपाका ३ जनालाई आफूतिर तानेर कार्यकारिणी समितिमा बहुमत जुटाए उसैगरी महन्थले पनि पूर्वसमाजवादी तिरका नेता तानेर इटको जवाफ पत्थरले दिने रणनीति लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...