जसपामा कठोर कदम चाल्दै महन्थ ठाकुर



हाम्रो इकोनोमि

 

जनता समाज पार्टी (जसपा) नेपालमा दुई समूहबिच विवाद बढ्दो छ । एकले अर्कोलाई स्पष्टीकरण सोध्ने, काउन्टर दिने गतिविधि चलिरहेको छ । यस्तोमा कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ । ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन् ।

कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन् । कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन् । ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ । एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा पुगेकी छन् ।

संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छ । संसद् विघटन भएको अवस्थामा कार्यकारिणीमा बहुमत जुटाउन दुवै पक्षको हानथाप सुरु भएको हो । अहिले कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बहुमतमा छ । ठाकुर पक्षका तीनजना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, गजाधार यादव र रमेश यादव कित्ता परिवर्तन गरी उपेन्द्र पक्षमा पुगेपछि कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहन सफल भएको हो ।  जसरी पूर्वराजपाका ३ जनालाई आफूतिर तानेर कार्यकारिणी समितिमा बहुमत जुटाए उसैगरी महन्थले पनि पूर्वसमाजवादी तिरका नेता तानेर इटको जवाफ पत्थरले दिने रणनीति लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...