योगेश र गोकर्णपनि नेपाल पक्षमै फर्किए



हाम्रो इकोनोमि

 

नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेताहरुलाई पार्टीबाट निष्कासन र बाँकीलाई स्पष्टीकरण सोधेपछि भन्दै एमालेको मावध नेपाल पक्षका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेताहरूले विज्ञप्तिमार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट हुन अपिल गरेका छन् ।

‘हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरूलगायत पार्टीको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरू एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्दछौं ।’ वक्तव्य जारी गर्नेहरूमा योगेश भट्टराई र गोकर्ण विष्ट पनि छन् । उनीहरू पार्टी एकताको पक्षमा उभिँदै देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको कदमको विपक्षमा थिए ।

११ जनाले जारी गरिएको संयुक्त विज्ञप्तिमा पार्टी मिलाउन कार्यदलमा छलफल हुँदा-हुँदै संसद विघटन गरेर त्यसलाई समाप्त पारिएको आरोप लगाइएको छ। ‘कार्यदलमा रहेर पनि हामीले सोही आग्रह गर्‍यौं,’ वक्तव्यमा भनिएको छ, ‘ तर उहाँबाट पार्टी एकताको दिशामा काम हुनुको साटो हठात् प्रतिनिधि सभा भंग गर्ने दुराशयका साथ नेपालको संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै राष्ट्रपति विद्यादेवी भण्डारीसंग मिलामतो गरी आफैलाई प्रधानमन्त्री घोषित गर्नुका साथै फेरी प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कार्य भयो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध लड्न वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुबीचको एकता आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक पाइला चाल्न तयार रहेको उल्लेख गरिएको छ। ‘अतः प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ,’ भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं।’

स्थायी कमिटी सदस्यहरु
क. झलनाथ खनाल
क. माधव कुमार नेपाल
क. युवराज ज्ञवाली
क. अष्टलक्ष्मी शाक्य
क. भीम रावल
क. घनश्याम भुसाल
क. भीम आचार्य
क. गोकर्ण बिष्ट
क. योगेश भट्टराई
क. सुरेन्द्र पाण्डे
क. मुकुन्द न्यौपाने
क. रघुजी पन्त
क. बेदुराम भुसाल
क. अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य
क. प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...