जसपा छिन्नभिन्न, तासको घर झै ढल्यो, कुन गुट कता



हाम्रो इकोनोमि

 

नयाँ संविधानको विरोध गर्ने शक्तिहरुबीचको एकताले निर्माण भएको जनता समाजवादी पार्टी छिन्नभिन्न हुने दिशातर्फ बढेको छ । रोचक पक्ष यो छ कि जसपा कुनै सैद्धान्तिक विषयमा नभई व्यक्तिलाई प्रधानमन्त्रीमा साथ दिने या नदिने विषयमा फुटको संघारमा पुगेको हो । त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको या नगरेको विषय ।

कुनैबेला मधेश केन्द्रित दलहरुले सबैभन्दा ठूलो मधेशविरोधीको ट्याग लगाएका ओलीलाई जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी नै जोखिममा पारेर साथ दिइरहेको छ । ठाकुरको यो कदमविरुद्ध अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोधेका छन् । फेरि ठाकुरले उपेन्द्र यादवलाई स्पष्टिकरण सोधेका छन् । स्पष्टिकरणको जुहारी जसपामा चलेको छ । जसपाभित्र स्पष्टिकरणको जुहारीले कुनैपनि बेला फुटको वातावरण विकास गरिरहेको छ । यो फुटले जसपा विभाजित मात्र नभई छिन्नभिन्न हुने सम्भावना बढेको छ ।

जसपाभित्र अहिले विभिन्न गुट र उपगुट विकास भइरहेको छ । ओलीलाई साथ दिने या नदिनेबारे ध्रुवीकृत जसपाभित्र ती गुटमा पनि उपगुट छन् ।जसपामा महन्थ ठाकुर पक्षभित्र राजेन्द्र महतोको पकड बलियो छ । ठाकुर समूहमा शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवको फरक समूह छ । उपेन्द्र यादवसँग डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव र मोहम्मद इस्तियाक राई जस्ता हस्तीहरु छन् । उनीहरुको फरक गुट छ । जसपा विभाजित भएमा तासको घर जसरी गर्लामगुर्लुम ढल्ने सम्भावना बढेको छ । जसपा जसरी विभिन्न पार्टी र समूह मिलेर निर्माण भएको हो त्यही अवस्थामा पुग्न सक्ने सम्भावना छ ।

 

महन्थ ठाकुर समूहका गुट

राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव

 

उपेन्द्र यादव समूहका गुट

डा.बाबुराम भट्टराई
अशोक राई
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राई

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...