वीरगंजमा भीम रावलको पुत्ला जल्यो, मधेस पस्न नदिने घोषणा



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री भीम रावलको मधेसमा पुत्ला जलेको छ । नागरिकता अध्यादेशको विरोधका नाममा मधेसी जनताको भावनासँग खेलवाड गरी होच्याएपछि आक्रोशित मधेसी युवाहरुले वीरगंजमै पुत्ला जलाएका हुन् । उनीहरुले रावललाई मधेस पस्न नदिने घोषणा पनि गरेका छन् ।

भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको उनीहरुको आरोप छ । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावलकोड पुत्ला दहन गरेका हुन् । उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन् ।’

विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् । नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासले बताए ।

लाखौँ नागरिक राज्य विहीनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ । नेता रावलले सामाजिक सञ्जालमा वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको समाचार आयो भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको आलोचना भएपछि उनले हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...