उप–प्रधानमन्त्री पोखरेलद्वारा बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा शुभकामना



हाम्रो इकोनोमि

 

 

२५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शान्तिका नायक भगवान् बुद्धको जन्म, बोधी ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तीनवटा पवित्र संयोगका रुपमा पवित्र दिन स्वरुप आजको दिनलाई लिने गरिन्छ । यसैगरी, प्रकृति पुजक किराँत समुदायले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउने चलन छ ।

मौलिक चाडपर्व, धर्म, संस्कृति, रितिरिवाज र मुल्य मान्यता हामी नेपालीहरूका अमुल्य सम्पत्ति हुन् । यिनै संस्कार र सभ्यताहरूले हामीलाई एकताबद्व बनाउन प्रेरित गरिरहेको छ । तसर्थ, विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको सही अर्थमा परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

अन्त्यमा, विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीबाट सम्पूर्ण नेपाली र सिंगो मानवजगतले छिट्टै मुक्ति पाउनेछौं भन्ने कामना गर्न चाहन्छु । जनतालाई कोरोना भाइरसबाट मुक्त दिलाउन सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेकाले यो लडाईंमा साथ दिन म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल पनि गर्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...