नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती हुन : नेता साह



हाम्रो इकोनोमि

 

 

निर्वतमान शहरी विकास मन्त्री प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरु राष्ट्रघाती रहेकोे बताएका छन् । नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि प्रतिक्रया जनाउदै निवर्तमान मन्त्री साहले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशमा राष्ट्रघात देखाएर देशलाई गुमराह गर्ने र धमिलो पानीमा माछा मार्न खोजेको बताए ।

संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसहमत निर्णय अनुरूप आएको अध्यादेशलाई विवादित र बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौं नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने दुस्सकर्मको प्रयास भएको नेता साहले बताए । नेता साहले आफ्नै देशको जनतालाई संविधानत: नागरिकता वितरण गर्ने कार्यलाई नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भनेर अर्नगल दुष्प्रचार गर्नेहरु नश्लवादी लम्पट भएको बताए ।

“नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशमा राष्ट्रघात देख्ने तथा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण / फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत गर्नेहरु जनविरोधी हुन् ।” नेता साहले भने, “संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसहमत निर्णय अनुरूप आएको अध्यादेशलाई यसरी अनुचित तवरले विवादित एवं बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौं नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने दुस्सकर्मको प्रयास गर्नु / गराउनु राष्ट्रवाद होकी देश र जनताप्रतिको घात हो ???” कानुन अभावमा वर्षौदेखि अनागरिक महसुस गरिरहेकाहरुले नागरिकता पाउन लाग्दा यसलाई निरन्तर रोकिरहनेहरुको स्वार्थ पुर्ति नहुने देखिएपछि विषयान्तर गरेर देशमा साम्प्रदायिकता भड्काउन खोजिएको भन्दै नेता साह आक्रोशित बनेका छन् । अध्यादेशको विरोध गर्नु नश्लवादी अंहकारमा लिप्त लम्पट जनविरोधी हर्कत भएको भन्दै उनले यसबारे प्रष्ट हुन सबैलाई अनुरोध समेत गरेका छन् ।

“नेपालको संविधानको भाग-२ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा – युवतीहरुलाई संवैधानिक परिकल्पना बमोजिम कानूनको अभाव लगायतका विभिन्न वहाना जालझेलको आडमा आफ्नो सत्ता स्वार्थ सिद्ध गर्न लामो सममसम्म अनागरिक बनाईंराख्ने षड्यंत्र विफल पार्न आएको यस नागरिकता अध्यादेशको विरोध गर्नु अज्ञानता मात्र हो कि नश्लवादी अंहकारमा लिप्त लम्पट जनविरोधी हर्कत हो ।” नेता साहले भने, “सत्यलाई गलत र गलतलाई सही साबित गरेर धमिलो पानीमा माछा मार्न खोज्ने, देशलाई गुमराह गर्न खोज्ने किमार्थ स्वीकार्न सकिन्न । सबैले समयमैं बुझ्न जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...