माधव नेपालले आफ्नै पार्टीको अध्यक्ष र सरकार बिरुद्ध गम्भिर अपराध गरे : उपप्रधानमन्त्री पाेखरेल



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का महासचिव एवं उपप्रधानमन्त्री ईश्वर  पाेखरेलले अब नेकपा एमाले नयाँ ढंगले अघि बढाउने बताउनुभएकाे छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रेस चाैतारी नेपालका अगुवाहरुसँगकाे छलफलमा उपप्रधानमन्त्री पाेखरेलले अब कम्युनिस्ट आन्दोलन र एमाले नयाँ ढंगले अघि बढ्ने बताउनुभयाे ।

नेकपा एमालेको अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनमतलाई घात गर्ने माधव कु नेपालले गरेका अपराधहरू मध्यको एक ठुलो अपराध हो  उनले भने ।

उपप्रधानमन्त्री पाेखरेलले पार्टी एकताकाे समयमा प्रवेश गरेकाे विषक्तताकाे केही नेतालाई प्रभावित गराएकाे भन्दै आफ्ना पार्टीका नेताकाे विरुद्धमा विपक्षीलाई हस्ताक्षर बुझाउने कुकृत्य भएकाे बताउनुभयाे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन गर्ने माधव नेपालले निच र घटिया काम गरेको उपप्रधानमन्त्री पोखरेलले बताउनु भयो ।

ढाडमा टेकेर टाउकाेका हान्न माहिर प्रचण्ड र लाेभ, कुण्ठा र ईष्याले भरिएका माधवकुमार नेपालकाे दाेस्तीले पार्टीमा विभाजन देखा परेकाे बताउँदै उहाँले अब कम्युनिस्ट आन्दोलन नयाँ ढंगबाट अघि बढ्ने स्पष्ट पार्नुभयाे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...