हस्ताक्षर दुरुपयोग भएको भन्दै सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको कडा आपत्ति



हाम्रो इकोनोमि

 

 

एमाले नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । एमाले बिवाद समाधान कार्यदलको सदस्यसमेत रहनुभएका नेताद्वयले बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरी बिपक्षी गठबन्धनमा प्रयोग गरेको जानकारी पाएपछि फोन गरेर नेता नेपाललाई नै आपत्ति जनाउनु भएको हो ।

स्रोतले दिएको जानकारीअनुसार पाण्डे र बिष्टले कार्यदलको बैठकबाटै आफ्नो हस्ताक्षर प्रयोग नगर्न नेपाललाई भनेका छन । ‘मेरो त्यो पुरानो हस्ताक्षर प्रयोग नगर्नाेस, बिपक्षीलाई हस्ताक्षर गरेर प्रधानमन्त्री बनाउने खेलमा लागिन्न,’ कार्यदलको बैठकबाटै नेपाललाई फोन गरेर पाण्डे र बिष्टले भन्नुभएको थियो । कार्यदल बैठक सुरु हुनै लाग्दा नेपालले आफूहरुसहित एमालेका २७ जना सांसदको हस्ताक्षर बिपक्षी गठबन्धनमा प्रयोग गर्नुभएको थियो ।

नेपालको सो काम अबैधानिक समेत छ । संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्दा संसदीय दलको नेता नभए पनि जुनसुकै सांसद प्रधानमन्त्रीको दावी गर्न पाउँछ । तर पार्टी बिभाजन नभएको अवस्थामा अर्काे दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...