हस्ताक्षर दुरुपयोग भएको भन्दै सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको कडा आपत्ति



हाम्रो इकोनोमि

 

 

एमाले नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । एमाले बिवाद समाधान कार्यदलको सदस्यसमेत रहनुभएका नेताद्वयले बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरी बिपक्षी गठबन्धनमा प्रयोग गरेको जानकारी पाएपछि फोन गरेर नेता नेपाललाई नै आपत्ति जनाउनु भएको हो ।

स्रोतले दिएको जानकारीअनुसार पाण्डे र बिष्टले कार्यदलको बैठकबाटै आफ्नो हस्ताक्षर प्रयोग नगर्न नेपाललाई भनेका छन । ‘मेरो त्यो पुरानो हस्ताक्षर प्रयोग नगर्नाेस, बिपक्षीलाई हस्ताक्षर गरेर प्रधानमन्त्री बनाउने खेलमा लागिन्न,’ कार्यदलको बैठकबाटै नेपाललाई फोन गरेर पाण्डे र बिष्टले भन्नुभएको थियो । कार्यदल बैठक सुरु हुनै लाग्दा नेपालले आफूहरुसहित एमालेका २७ जना सांसदको हस्ताक्षर बिपक्षी गठबन्धनमा प्रयोग गर्नुभएको थियो ।

नेपालको सो काम अबैधानिक समेत छ । संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गर्दा संसदीय दलको नेता नभए पनि जुनसुकै सांसद प्रधानमन्त्रीको दावी गर्न पाउँछ । तर पार्टी बिभाजन नभएको अवस्थामा अर्काे दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...