१ सय ५३ सांसदको हस्ताक्षर सहित ओली शीतलनिवासमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दावीसहित पत्र बुझाउनु भएको छ । एमालेका १ सय २१ सांसद र जनता समाजवादी पार्टी (जसपा) का ३२ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्त गर्न ओलीले पत्र बुझाउनु भएको हो ।

बहुमत सांसदको हस्ताक्षर लिएर ओली आधा घण्टा अगाडि शीतलनिवास जानुभएको हो । शीतलनिवास स्रोतले प्रधानमन्त्रीमा पुनः दावीसहित एमाले अध्यक्ष ओलीले १ सय ५३ सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको पुष्टि गरेको छ ।

‘प्रधानमन्त्रीमा दावीसहित उहाँ (ओली)ले बहुमत सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनु भएको छ,’ राष्ट्रपति सचिवालयका एक सदस्यले भने । उनका अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि प्रधानमन्त्री नियुक्त गर्न दावीसहित राष्ट्रपति समक्ष पत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...