प्रधानमन्त्रीमा मेरो कुनै इच्छा छैन : महन्थ ठाकुर



हाम्रो इकोनोमि

 

वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा छ । स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।

तर स्वयं ठाकुरले भने रुचि देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताए । उनले अघि भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’ तर दलहरुले त तपाईँलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने कुरा गरेका छन् नि भन्ने प्रश्नमा जसपा अध्यक्ष ठाकुरलले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो ।’

दलहरुले मागहरु सम्बोधन गर्ने सहमति गरे तपाईंको नेतृत्वमा सरकार बन्दैन र भन्ने अर्को प्रश्नमा ठाकुरले वर्तमान सरकारले पनि सम्बोधन गरिरहेको बताए । नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल बनाएको भन्दै उनले अघि भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’ उसो भए निकास के भन्ने प्रश्नमा उनले साँझसम्म थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...