मार्गप्रशस्त भनेको पदत्याग हो भन्ने नबुझेको हो : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘मार्गप्रशस्त’ भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न गरेका छन् ।

आज शुक्रबार ट्वीटरमा लेख्दै उनले प्रतिपक्षी दलहरूलाई १३८ जनाको बहुमत जुटाएर सरकार बनाउन चुनौती समेत दिएका छन् । गायक पशुपति शर्माको एउटा गीतको अंश लेख्दै सल्लाहकार थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन समेत चुनौती दिएका छन् ।

यस्तो छ, ट्विट–

‘मार्गप्रशस्त’ भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ?

बहुमत सदस्यहरू (१३८ जना)को समर्थनमा धारा ७६(५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त !
‘के को सारंगी र्याइँ–र्याइँ
भयो जीवन तिरिमिरी झ्याई ?’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...