नयाँ प्रधानमन्त्रीमा महन्थ ठाकुरको नाम प्रस्ताव



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । शुक्रबार बिहान पत्रकारहरूसँगको प्रतिक्रियामा यादवले ठाकुरलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिने बताए । उनले अन्य दलहरूसँग परामर्श गर्ने बताएका छन् । उनले दलका नेताहरूसँग सम्वाद शुरु भएको पनि बताएका छन् ।

उनले अहिलेको अवस्थामा ठाकुर प्रधानमन्त्रीका लागि उपयुक्त पात्र भएको बताएका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्न तयार रहेको यादवको भनाइ छ । केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । अध्यक्ष यादवले राष्ट्रपतिको कदम संविधानविपरीत भएको बताएका छन् । अरू दलसँग परामर्श गरेर जसपा अगाडि बढ्ने उनले बताएका छन् । राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...