राजेन्द्र महतोले बोलाए जसपा संसदीय दलको बैठक, उपेन्द्र आउट



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् । राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको महतोले जनाएका छन् ।

यद्यपी महतो दलको नेता चयन भएको उपेन्द्र यादव र बाबुराम भट्टराईले स्वीकार गरेको छैन । तर ठाकुरले भने महतो दलको नेता चयन भएको सूचना संघीय संसद सचिवालयलाई दिइसकेका छन् । जसपा संसदीय दलको बहुमत ठाकुर र महतो पक्षमा रहेको दावी गरिएको छ । सरकारले जसपाका अधिकांश माग पूरा गरेकाले वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनलाई साथ दिन आवश्यक नरहेको महतो पक्षको भनाइ छ ।

स्रोतका अनुसार धारा ७६,५ बमोजिमको सरकार गठनका लागि केपी ओलीलाई नै साथ दिने र त्यसपछि बहुमत नआएमा स्वतः संसद विघटन हुने आँकलन ठाकुर महतो पक्षको छ । ठाकुर-महतो र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच विहीवार राति अवेरसम्म छलफल भएको थियो । त्यस लगत्तै दुवै नेता राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...