राजेन्द्र महतोले बोलाए जसपा संसदीय दलको बैठक, उपेन्द्र आउट



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् । राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको महतोले जनाएका छन् ।

यद्यपी महतो दलको नेता चयन भएको उपेन्द्र यादव र बाबुराम भट्टराईले स्वीकार गरेको छैन । तर ठाकुरले भने महतो दलको नेता चयन भएको सूचना संघीय संसद सचिवालयलाई दिइसकेका छन् । जसपा संसदीय दलको बहुमत ठाकुर र महतो पक्षमा रहेको दावी गरिएको छ । सरकारले जसपाका अधिकांश माग पूरा गरेकाले वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनलाई साथ दिन आवश्यक नरहेको महतो पक्षको भनाइ छ ।

स्रोतका अनुसार धारा ७६,५ बमोजिमको सरकार गठनका लागि केपी ओलीलाई नै साथ दिने र त्यसपछि बहुमत नआएमा स्वतः संसद विघटन हुने आँकलन ठाकुर महतो पक्षको छ । ठाकुर-महतो र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबीच विहीवार राति अवेरसम्म छलफल भएको थियो । त्यस लगत्तै दुवै नेता राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...