ओलीको कडा उर्दी, माधव नेपाल समूहमा खैलाबैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्न निर्देशन दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूह अलमलमा रहेका बेला अध्यक्ष ओलीले बुधवार विज्ञप्ति जारी गरेर पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले बादललाई मत दिन निर्देशन दिएका हुन् ।

बादल नेपालको कम्युनिस्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको उल्लेख गर्दै ओलीले उनको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने उल्लेख गरेका छन् । ‘तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु,’ ओलीले भनेका छन् ।

ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति बफादार हुने र पार्टी हित विपरीत काम नगर्ने सपथ लिएको स्मरण गराउँदै ओलीले भनेका छन्, ‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो वाध्यताले हामी पालन नगर्ने बिन्दूमा पुग्छौं? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन।’

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई अगाडि भनेका छन्, ‘प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेद्वार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाहरुप्रति हमेशा वफादार रहनु हामी सबैको कर्तव्य हो ।’

Ncp Uml.jpg

NCP UML BADAl.jpg

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...