बागमती प्रदेश सरकारले प्रत्यक वर्ष दुधमा अनुदान दिएपछी किसानमा थपीयो उत्साह



हाम्रो इकोनोमि

 

जस्ताको छानो र सिमेन्टेड भइ भएको एल आकारको गोठ । भइतलामा लस्करै बाधिएका गाइ । माथील्लो तलामा गोदाम गरिएको पराल । वरपरको खेत र बारीमा हरियो बिभीन्न जातका घास । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सोलथुमका किसान गितानाथ हुमागाईको गोठमा पुग्दा यस्तै देखिन्छ । गोठमा होलिस्टेन र जर्सी गाइ पालिएका छन् । गाईलाई मेसीनका माध्यमले घाँस टुक्रा पारेर खुवाइन्छ । मेसीनलेनै गाइको दुध दुने गरिएको छ । गाइको गोबरले ग्यास बालेर उहाँका परिवारले खाना पकाउने गरेका छन् । गाइको पिसाव एउटा टंकीमा जम्मा गरेर खेतबारीमा मलका रुपमा प्रयोग गरिदै आएको छ ।

हुमागाँईले अहिले आफ्नो गोठमा १४ वटा गाई पालन गर्नु भएको छ । १३ वटा गाइले बिहान बेलुका दुध दिन्छ । एउटा गाई ब्याउने छ । घर नजीकैको चन्द्र सूर्य दुग्ध उत्पादक सहकारी संस्थाको डेरीमा उहाँले दैनिक ९० लिटर दुध बिक्री गर्दै आउनु भएको छ । गितानाथ र उहाँकी श्रीमतीले गाइपालनको सबै काम भ्याउनुहुन्छ । गाइपालनको काम पुस्तौ देखि गर्दै आएपनि अहिले भने व्यावसायीक रुपमा गर्दै आएको हुमागाईं वताउनुहुन्छ । दुध बिक्री गरेर मासिक रुपमा एक लाख ४० हजार रुपैयाँ सहकारीबाट लिने गरेको उहाँ बताउनुहुन्छ । यो आमदानीले घरखर्च गर्ने काम संगै बचत पनि गर्दै आउनुभएको छ ।

कृर्षि बिकाश बैक हेटौंडाबाट १२ प्रतिशत दरमा २५ लाख रुपैयाँ ऋण लिएर ब्याबसायीक गाई पालन सुरु गरिएको बताउँदै उहाँ भन्नुहुन्छ –पहिले एक दुईवटा गाई पालन गर्दा घरखर्च र निर्बाहका लागि मात्र पालन गरियो । तर अहिले ब्याबसायीक रुमा गाईपालन गरेपछी छोराछोरी पढाउन पनि सजिलो भएको छ । केही आम्दानी गरेर बचत समेत गरेको छु । ब्याबसायीक रुपमा गाई पालन गरेको सात बर्ष बित्दा पनि यस क्षेत्रबाट पाउने अनुदान रकम भने उहाँलाई हात पार्न गारो भएको छ ।

थोरै रकम मात्र अहिले सम्म दुईपटक अनुदानका रुपमा प्राप्त गरेको उहाँको स्मरण छ । पशुबिभागबाट एक लाख ५० हजार र जिल्ला पशुसेवा कार्यालय मकवानपुरबाट एक लाख ५० हजार गरी ३ लाख मात्र अनुदान पाएको उहाँ बताउनुहुन्छ । गाईपालनमा उहाँका श्रीमती दिलकुमारी हुमागाईले सघाउने भन्दा बाहेक कर्मचारी पनि राख्नुपरेको छैन । भएका बारीमा सबै घाँस खेति गरेपछी चामल किनेर खानुपरेपनि घाँस खेतिबाट सजिलो भएको उहाँ बताउनुहुन्छ । अहिले दुधको रकम थोरै र दाना, चोकरको मुल्य निकै महगो भएका कारण समस्यामा परेको उहाँको गुनासो छ ।

दुध उत्पादन गरेर सहकारीमा बिक्री गर्ने किसानका लागि मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाबाट बिगतका वर्ष देखि अनुदान रकम लिदै आउनु भएको छ । यो अनुदान रकमबाट दुघ उत्दान गर्नका लागि थप सहयोग पुगेको उहाँ वताउनुहुन्छ । मकवानपुरगढी गाउँपालिकाले बितेको आर्थिक वर्षमा प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदानबाट १७ हजार रुपैयाँ अनुदान रकम पाउनुभयो । त्यसैगरी प्रदेश सरकारबाट ३४ हजार रुपैयाँ अनुदान रकम लिएको उहाँ बताउनुहुन्छ ।

अनुदान रकमबाट धेरैनै सहज भएको र सिधै किसानको हातमा परेको यो उदाहरण मात्रै हो । चन्द्रसूर्य दुग्ध उत्पादक सहकारी संस्थामा रहेका एक सय १० जना सदस्यले बितेको आर्थिक वर्षमा प्रदेश सरकार मार्फत प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदान रकम ३ लाख २६ हजार ९ सय ५८ रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाबाट पनि एक लाख ६३ हजार ४ सय ७९ रुपैयाँ प्राप्त गरेका छन् । गाउँपालिका र प्रदेश सरकारले प्रतिलिटर दुधमा अनुदान रकम दिएपछी किसानले आफ्ना उत्पादनमा बृद्धी गरेका छन् । चालु आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रतिलिटर दुधमा एक रुपैयाँ र बागमती प्रदेश सरकारले प्रतिलिटर दुधमा दुइरुपैयाँका दरले बितरणको अन्तीम तयारी गरेको छ । जेठ र असार महिना सम्ममा किसानलाई दुधमा अनुदान रकम बितरण गरिसक्ने जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ देबिडाँडाका किसान प्रेम दाहाल यस क्षेत्रमा व्यावसायीक रुपमा गाएपालन गर्ने मध्यका पुराना किसान हुनुहुन्छ । उहाँको गोठमा गाइका लस्कर छन् । गाइलाई नुहाउनका लागि धारा पनि जडान गरिएको छ । हातले भन्दा पनि मेसीनका माध्यमले गाइ दुहुदै आउनु भएको छ । बारी र पाखाभरी गाइलाई मनपर्ने र दुधालु घाँस लगाउनु भएको छ । बिगत दश वर्षदेखि व्यावसायीक रुपमा गाइ पालन गरेको उहाँ वताउनुहुन्छ । उहाँको गोठमा अहिले होलीस्टेन र जर्सी जातका गाई पालन गरिएको छ ।

दैनिक एक सय २० लिटर दुध उत्पादन गरेर उहाँले मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री गर्दै आउनु भएको छ । मासिक रुपमा खर्च कटाएरै उहाँले ५० हजार रुपैयाँ आमदानी लिदै आउनुभएको छ । किसानलाई प्रतक्ष रुपमा सहयोग पुग्नेगरी मकवानपुरगढी गाउँपालिकाले प्रति लिटर दुधमा बितेको आर्थिक वर्षमा ५० पैसा सहयोग गरेको थियो । त्यसैगरी बागमती प्रदेश सरकारले प्रतिलिटर दुधमा एक रुपैयाँका दरले अनुदान दियो । यसबाट किसानलाई राम्रै सहयोग पुगेको दाहाल वताउनुहुन्छ ।

गाउँका मेहनती किसानका लागि भनेर बितेको आर्थिक वर्ष देखि प्रतिलिटर दुधमा अनुदान दिन थालेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई वताउनुहुन्छ । प्रदेशको भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बितेको आर्थिक वर्षमा प्रतिलिटर दुधमा एक रुपैयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षमा प्रतिलिटर दुधमा २ रुपैयाँका दरले वितरण गर्ने तयारी गरेको छ । त्यस्तै गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रक दिन लागेको अध्यक्ष हुमागाईले वताउनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीमा रहेको सिद्धी दुग्ध उत्पादक सहकारी संस्थामा दैनिक रुपमा सात सय लिटर दुध संकलन हुन्छ । बिगतका वर्षको तुलनामा दुध संकलनमा बृद्धी समेत भएको छ । करिब २ सय जना किसानले यस सहकारीमा दुध बिक्री गर्दै आएका छन् । दुग्ध उत्पादक सहकारीका किसानलाई प्रतक्ष रुपमा फाइदा पुग्नेगरी स्थानीय सरकार र प्रदेश सरकारले दुधमा अनुदान दिएपछी किसान अत्यन्तै खुसी भएको सहकारीका अध्यक्ष देबराज भण्डारीले वताउनुभयो ।

मकवानपुरको मनहरी गाउँपालिकाले किसानले उत्पादन गरेको दुधमा तीन वर्षदेखि अनुदान दिदै आएको छ । बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले प्रतिलिटर दुधमा बितेको आर्थिक वर्षमा एक रुपैयाँ दिएको थियो । चालु आर्थिक वर्षमा भने दुइरुपैयाँका दरले दिने अन्तिम तयारी भएको छ । दुधमा उअनुदान रकमले गर्दा उत्पादनमा बृद्धी भएको मनहरी गाउँपालिका वडा नम्बर–८ सिम्पानीको साना किसान कृषि तथा सहकारी संस्थाका अध्यक्ष बिमला कार्की वताउनुहुन्छ ।

 

यस सहकारीमा २ सय ५० जना किसानले दुध बिक्री गर्दै आएको वताउँदै उहाँ भन्नुहुन्छ–‘गाउँपालिकाले प्रतिलिटर दुधमा अनुदान दिन थालेको तीन वर्ष भयो । गतवर्षबाट प्रदेश सरकारले समेत दुधमा अनुदान रकम उपलब्ध गराउन थालेपछी हामीलाई गाइपालन गरेर दुध उत्पादन गर्नका थप सहयोग पुगेको छ ।’

किसानले अहिले यस क्षेत्रमा गाई पालनमा लगानी बृद्धी समेत गरेका छन् । पहिलेको तुलनामा सहकारीमा दुध बिक्री गर्न आउनेहरु पनि बढेका छन् । बितेको आर्थिक वर्षमा यस सहकारीबाट प्रदेश सरकारबाट ८० हजार रुपैयाँ र मनहरी गाउँपालिकाबाट एक लाख ४७ हजार रुपैयाँ प्रतिलिटर दुधमा अनुदान रकम बितरण गरिएको अध्यक्ष कार्की वताउनुहुन्छ ।

मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रुङको नमुना कृषक सहकारी संस्था लिमीटेडमा किसान पनि प्रदेश सरकार र गाउँपाकिलाबाट दुधमा अनुदान रकम पाएकोमा खुसी भएको सहकारीका अध्यक्ष लाल बहादुर मल्ल बताउनुहुन्छ । अहिलेसम्म गाइ पालन निर्वाहमुखी रहेको र अब भने किसान तरकारी खेतीसंगै गाईपालनमा जोड दिएको उहाँ वताउनुहुन्छ ।

गाउँपालिकाले तीव वर्ष देखि किसानकै हातमा पुग्नेगरी दुधमा अनुदान रकम दिदै आएको र बागमती प्रदेश सरकारले बितेको आर्थिक वर्ष देखि अनुदान दिदै आएको अध्यक्ष एकराज उप्रेती वताउनुहुन्छ । मेहनत गर्ने किसानकै हातमा प्रतक्ष रुपमा फाइदा पुग्ने भएकाले पहिलो वर्ष प्रतिलिटर दुधमा एक रुपैया बितरण गरिएको, बितको आर्थिक वर्षमा प्रतिलिटर दुधमा २ रुपैयाँका दरले तिरण गरिएको र चालु आर्थिक वर्षमा पनि प्रतिलिटर दुधमा २ रुपैयाँका दरले बितरण गरिने अध्यक्ष उप्रेती वताउनुहुन्छ । यो रकम भने किसानका लागि अरु अनुदान भन्दा पनि थप प्रभाबकारी भएको उहाँ वताउनुहुन्छ । प्रदेश सरकारले पनि चालु आर्थिक वर्षका लागि दुधमा अनुदान रकममा बृद्धी गरेर प्रतिलिटर दुधमा दुई रुपैयाँ पुर्याएको छ ।

बागमती प्रदेशका १३ जिल्लाका किसानलाई दुधमा अनुदान रकम दिनु अत्यन्त महत्वपूर्ण काम रहेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटा वताउनुहुन्छ । प्रदेशभरीका ७ सय दुग्ध उत्पादक सहकारी मध्यमा २ सय ५० वटा सहकारीले दुधमा अनुदानका लागि माग गरेका छन् ।

सबै भन्दा धेरै दुध उत्पादन गर्ने मकवानपुर, चितवन, काभ्रे, ललितपुर, सिंधुली र धादिङ जिल्ला हो । त्यही अनुसारनै उनीहरुले प्रदेश सरकारले दुधमा दिएको अनुदान रकम प्राप्त गर्ने उहाँ वताउनुहुन्छ । किसानका लागि बितेको आर्थिक वर्ष देखि दिएको अनुदान रकमले उत्पादनमा बृद्धी भएको छ । प्रदेश सरकारको बिसानका लागि प्राप्त भएको सबै भन्दा राम्रो र नमुना योग्य काम भएको अध्यक्ष देशकोटा वताउनुहुन्छ ।

प्रदेश सरकारले दुध उत्पादक किसानलाई अनुदान रकम दिएपछी उत्दानमा १२ प्रतिशतले बृद्धी भएको उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण उत्पादीत दुध बिक्रीमा केही समस्या आएको उहाँले वताउनभयो ।

प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले एक सय ९७ दुग्ध सहकारी मार्फत किसानका लागि ८ करोड ७ लाख ६ हजार ७ सय ३९ रुपैया बितरण गरेको निर्देशनालयका निर्देशक डाक्टर रामप्रकास प्रधानले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुध उत्पादक सहकारीहरु मध्य २ सय ५० वटाले प्रतिलिटर दुधमा अनुदान पाउनका लागि निबेदन दिएको उहाँले वताउनुभयो ।

चालु आर्थिक वर्षमा दुधमा अनुदानका लागि १६ करोड रुपैयाँ बजेट रहेको र यो रकम बितरणको अन्तिम तयारी भएको प्रधानले जानकारी दिनुभयो । अहिले सहकारीले रकमका लागि निबेदन दिएपछी अनुगमनको काम भइरहेको र फाइलहरु छानबिवनको काम सक्ने वित्तिकै अनुदान रकम बितरण गरिने निर्देशनालयका सूचना अधिकारी बब्लु ठाकुरले वताउनुभयो । अहिले सहकारीबाट आएका फाइल छानबिन भइरहेको र फिल्डमा अनुगमन समेत गरिएको ठाकुरले वताउनुभयो । प्रदेशको यस निर्देशनालयको सबै भन्दा प्रभाबकारी कार्यक्रम यो नै रहेको वताउनुभयो । अनुगमन सक्ने वित्तिकै रकम बितरण गर्ने तयारी समेत रहेको छ ।

दुधमा अनुदान रकमले गर्दा किसान खुसी भएको र आगामी आर्थिक वर्षमा दुधमा अनुदान रकम बृद्धी गर्ने लक्ष राखिएको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा वताउनुहुन्छ । चालु आर्थिक वर्षमा प्रति लिटर दुधमा बितरण गरेपनि यसलाई अझै बृद्धी गर्न लागिएको हो । निषेधाज्ञाका कारण दुध उत्पादन बृद्धी गर्नका लागि समस्या भएपनि अब भने यसलाई व्यावसायीक ढंगले अगाडी बढाउनका लागि कार्यक्रम ल्याउन लागिएको मन्त्री लामाले वताउनुभयो । हेटौंडामा पाउडर दुधको कारखाना निर्माण गरेपछी यसमा किसानलाई झनै सहज हुने उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...