लमजुङमै थप दुई पराकम्प, १२ घर भत्कँदा ४ जना घाइते



हाम्रो इकोनोमि

 

लमजुङको मर्स्याङदी गाउँपालिका, भुलभुले केन्द्र बनाएर गएको ५.३ म्याग्निच्युडको भूकम्पले १२ वटा घरमा क्षति पुगेको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालका अधिकांश महशुस गरिएको थियो । भूकम्पले १२ वट घरमा क्षति पु¥याएको र अहिलेसम्म ४ जना घाइते भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एकाविहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

यससँगै सोही स्थानमा केन्द्र बनाएर विहान ८ बजेपछिको समयमा थप दुई पराकम्प महशुस गरिएको छ । विहान ८ बजेर १६ मिनेटमा ४ म्याग्निच्युड र ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडका दुई पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेवसाइटमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी गंगा थापाका अनुसार भुकम्पबाट अहिलेसम्म ४ जना घाइते भएका छन् । घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे छन् । ‘बाँकी २ जनाको भने परिचय खुलेको छैन,’ डीएसपी थापाले भने, ‘यो प्रारम्भिक जानकारीमात्रै हो क्षति अझै बढ्न सक्छ ।’ लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्रले बिहानै भूकम्पको ठूलो धक्का महसुस गर्दा जिल्लाबासीहरु आत्तिएको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...