यस्तो छ नेकपा एमाले कार्यदलको निर्णय



हाम्रो इकोनोमि

 

पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ । आजको भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

सिंहदरबारमा भएको दुवै पक्षको कार्यदलको वार्तामा पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको उनले बताए ।

पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने । आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुन: भोलि तय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...