संसद सचिवालयले महतोलाई संसदीय दलको नेताको मान्यता दियो



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालमा महन्थ ठाकुर किङ मेकर निस्किएका छन् । उनले गरेका कुनै पनि निर्णय रोकिएका छन् । प्रथम अध्यक्षको सुपर पावर देखिँदै गएको छ  यसैगरी ठाकुरको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चुन्ने निर्णय पनि आधिकारिक प्रमाणित भएको छ । वैशाख ३० बसेको संसदीय दलको बहुमत (महन्थ-राजेन्द्र समूह)को बैठकले महतोलाई दलको नेतामा चयन गरेको थियो ।

मंगलवार संघीय संसद सचिवालयलाई अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएर जानकारी गराएसँगै महतो आधिकारिक रुपमा दलको नेता चुनिएका हुन् । सचिवालयले अब जसपाको दलको नेताका रुपमा महतोलाई चिन्नेछ । महतोले ३२ सांसदको नेतृत्व गर्नेछन् ।

संसद सचिवालयका महासचिवलाई अध्यक्ष ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान-२०७७ अनुसार संसदीय दलको नेतामा मा. राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ ।’ पत्रसँगै  संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि सचिवालयलाई उपलब्ध गराइएको थियो ।

Rajendra Mahato.jpg

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...