संसद सचिवालयले महतोलाई संसदीय दलको नेताको मान्यता दियो



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालमा महन्थ ठाकुर किङ मेकर निस्किएका छन् । उनले गरेका कुनै पनि निर्णय रोकिएका छन् । प्रथम अध्यक्षको सुपर पावर देखिँदै गएको छ  यसैगरी ठाकुरको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चुन्ने निर्णय पनि आधिकारिक प्रमाणित भएको छ । वैशाख ३० बसेको संसदीय दलको बहुमत (महन्थ-राजेन्द्र समूह)को बैठकले महतोलाई दलको नेतामा चयन गरेको थियो ।

मंगलवार संघीय संसद सचिवालयलाई अध्यक्ष महन्थ ठाकुरले पत्र पठाएर जानकारी गराएसँगै महतो आधिकारिक रुपमा दलको नेता चुनिएका हुन् । सचिवालयले अब जसपाको दलको नेताका रुपमा महतोलाई चिन्नेछ । महतोले ३२ सांसदको नेतृत्व गर्नेछन् ।

संसद सचिवालयका महासचिवलाई अध्यक्ष ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान-२०७७ अनुसार संसदीय दलको नेतामा मा. राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ ।’ पत्रसँगै  संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि सचिवालयलाई उपलब्ध गराइएको थियो ।

Rajendra Mahato.jpg

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...