प्रधानमन्त्रीसहित सिंहदरबारमा सीसीएमसीको बैठक



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारमा सीसीएमसीको बैठक सुरू भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिनुभएको थियो । बढ्दो कोरोना भाइरसको दोस्रो भेरियन्ट संक्रमणसँगै यसको रोकथाम, व्यवस्थापन गर्नका लागि बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...