बादलको इन्ट्रीले माधव पक्षको कचकच



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् । शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भए बमोजिम कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

दिउँसोसम्म दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । पार्टीलाई कसरी जेठ २ मा फर्काउने भन्ने सन्दर्भमा कार्यदल बनाउने सहमति ओली र नेपालबीच वैशाख ३० गतेको वार्तामै भएको थियो । त्यसपछि शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएपछि माधव पक्षको बैठकमा आशंका व्यक्त भएको छ ।

ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ । बादलसहितको कार्यदल बनेपछि माधव पक्षले फागुन २८ को निर्णय मानेको अर्थ लाग्ने भएकाले त्यसमा नजान माधव नेपालमाथि दबाब छ । नेम्वाङले भने दुवै नेताको सहमतिमा कार्यदल बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...