महन्थ ठाकुरको शरणमा उपेन्द्र र बाबुराम



हाम्रो इकोनोमि

 

पार्टी फुटाउन अग्रसर जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई अन्तत प्रथम अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गर्न तयार भएका छन् । शनिवार आफूपक्षीय कार्यकारिणी समिति बैठक राखेर उपेन्द्र र बाबुरामले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो ।

आफ्ना कारण पार्टी फुट्ने अवस्था आएपछि उपेन्द्र महन्थसँग वार्ताका लागि तयार भएका हुन् । महन्थले मधेसका एजेण्डाको राजनीति गरेको, सत्ता गठबन्धनमा तटस्थ बसेका बहुमत सांसदहरु उतातिर लागेपछि उपेन्द्र अफ्ठेरोमा परेका छन् । सत्ताका लागि मरिहत्ते गर्ने उपेन्द्रको स्वभाव नै हो ।

त्यसमाथि बहुमत सांसदले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेपछि उपेन्द्र पार्टीभित्र एक्लिएका छन् । यस्तो अवस्थामा महन्थसँग मिलेर जानुपर्ने महसुस गर्दै वार्ताका लागि तयार भएका हुन् । उपेन्द्र समूहका कार्यकारिणी सदस्य इस्तियाक राईले बैठकमा महन्थ पक्षसँग वार्ता गर्ने समझदारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...