अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रीत गर्छौं : उपप्रधानमन्त्री



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताउनुभयो ।

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’– सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान पनि गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...