जसपामा भाँडभैलो, औपचारिक रुपमै पार्टी विभाजन निश्चित



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा राजेन्द्र महतो संसदीय दलको नेता चयन भएपछि पार्टी फुटको निश्चित भएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टको भेलाबाट महतोले संसदीय दलको नेता भएको दाबीसहित समाचार बाहिर ल्याएपछि जसपामा भाँडभैलो मच्चिएको छ । पूर्वसहमतिअनुसार महतोलाई नै संसदीय दलको नेता बनाउने तयारी भएको थियो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरकै कारण दलको नेता चयनमा ढिलाइ भएको थियो । दलको नेताका लागि ठाकुरले पनि रुचि देखाएका थिए । तत्कालीन राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरणपछि बनेको जसपा समायोजन हुँन बाँकी छ । सहमतिमा जसपा समायोजन हुनुपर्छ ।

एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि जसपा फुटको संघारमा पुगेको छ । उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा छन् ।

महन्त ठाकुर र राजेन्द्र महतो एमालेको नेतृत्वको सरकारसँग मिलेर जान चाहेका छन् । यही विषयमा जसपाभित्र फुट भएको छ । महन्त ठाकुर र राजेन्द्र महताले एमालेका नेता महेश बस्नेतमार्फत आफू निकटका सांसदहरूलाई रिसोर्टमा राखेपछि उपेन्द्र यादव रिसाएर फायर भएका छन् ।

उपेन्द्र यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेको विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जसपाको संसदीय दलको नेता बनेको मलाई थाहा छैन । महेश बस्नेतहरूले बनाए होलान् ।’ उपन्द्र यादवको यो प्रतिक्रियाले जसपा एक छ भन्ने कुरालाई खण्डन गरिदिएको छ । जसपा औपचारिक रुपमा विभाजन नभए पनि अनौपचारिक रुपमा दुई टुक्रा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...