जसपामा भाँडभैलो, औपचारिक रुपमै पार्टी विभाजन निश्चित



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा राजेन्द्र महतो संसदीय दलको नेता चयन भएपछि पार्टी फुटको निश्चित भएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टको भेलाबाट महतोले संसदीय दलको नेता भएको दाबीसहित समाचार बाहिर ल्याएपछि जसपामा भाँडभैलो मच्चिएको छ । पूर्वसहमतिअनुसार महतोलाई नै संसदीय दलको नेता बनाउने तयारी भएको थियो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरकै कारण दलको नेता चयनमा ढिलाइ भएको थियो । दलको नेताका लागि ठाकुरले पनि रुचि देखाएका थिए । तत्कालीन राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरणपछि बनेको जसपा समायोजन हुँन बाँकी छ । सहमतिमा जसपा समायोजन हुनुपर्छ ।

एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि जसपा फुटको संघारमा पुगेको छ । उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा छन् ।

महन्त ठाकुर र राजेन्द्र महतो एमालेको नेतृत्वको सरकारसँग मिलेर जान चाहेका छन् । यही विषयमा जसपाभित्र फुट भएको छ । महन्त ठाकुर र राजेन्द्र महताले एमालेका नेता महेश बस्नेतमार्फत आफू निकटका सांसदहरूलाई रिसोर्टमा राखेपछि उपेन्द्र यादव रिसाएर फायर भएका छन् ।

उपेन्द्र यादवले राजेन्द्र महतो संसदीय दलको नेता बनेको विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जसपाको संसदीय दलको नेता बनेको मलाई थाहा छैन । महेश बस्नेतहरूले बनाए होलान् ।’ उपन्द्र यादवको यो प्रतिक्रियाले जसपा एक छ भन्ने कुरालाई खण्डन गरिदिएको छ । जसपा औपचारिक रुपमा विभाजन नभए पनि अनौपचारिक रुपमा दुई टुक्रा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...