माधव गुटलाई अल्मल्याउने ओलीको संकेत



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनसम्म माधव गुटलाई अल्मल्याउने ओलीको चाल रहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा कुरा उठेको छ । राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनको विन्दूसम्म अल्मल्याएर केपी ओलीले आफ्ना माग सम्बोधन नगर्ने चिन्ता उनीहरुबाट व्यक्त भएको छ । मूल नेतृत्व भने सहमति हुन्छ भन्नेमा विश्वस्त देखिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन् । अधिकांश सदस्यले संस्थापन पक्षको इमान्दारितामाथि प्रश्न उठाउँदै सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरेका छन् । उनीहरुले उधारोमा सहमति गर्नुको अर्थ नहुने र कार्यदलको कुरा झुक्याउने खेलमात्र हुनसक्न आशंका गरेका छन् ।

नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । शुक्रवार संस्थापन पक्ष र माधव नेपाल पक्षबीच सिंहदरवारमा भएको वार्तामा पूर्व माओवादीतर्फका नेता रामवहादुर थापा बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो ।

केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास गरिरहेका बेला आफूहरुले स्वीकार गरिनसकेका बादल एमाले नेताको हैसियतमा वार्तामा बस्दा नेताहरुले किन स्वीकार गरेको ? भन्ने प्रश्न राखेको एक सदस्यले बताए , शुक्रवारदेखि शुरु भएको माधव पक्षका केन्द्रीय सदस्यहरुको बैठक शनिवार पनि जारी रहेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भएको बताएका छन् ।

माधव नेपालसहितका नेताहरुले भने बादल वार्तामा बस्ने आफूहरुलाई पूर्व जानकारी नभएको र वार्तामा देखेपछि एमालेमा स्वागत छ भनेको जानकारी दिएका छन् । उनीहरुले जेठ २ को बटमलाइनबाट पछि नहटेको सदस्यहरुलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...