११ देशमा राजदूत नियुक्तिको सिफारिस (नामसहित)



हाम्रो इकोनोमि

 

सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस गरिएको हो ।

सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुमा तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया सिफारिस हुनुभएको छ । तुलाधार वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुनुहुन्छ । यसैगरी जंगबहादुर (जंगब) चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस हुनुभएको छ । यसैगरी ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारी र साउदी अरेबियाको राजदूतमा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...