विवाद समाधान गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल नै एकजुट



हाम्रो इकोनोमि

 

नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । ‘शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी छ,’ एमाले ओली पक्षका एक नेताले भने । माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले आ–आफ्ना पक्षका नेताहरुबीच छलफल गरेर कार्यदलमा रहने सदस्यहरु टुंगो लगाउने बताए ।

एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएका थिए । सो सहमतिसँगै एमालेको विवाद मत्थर भएको छ ।

 

नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी

यसैबीच नेकपा एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज पनि बस्दै छ । भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने नेता ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल अघि बढाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले माओवादीबाट एमालेमा आएका नेताहरुको बारेमा पनि जेठ २ गतेसम्मको केन्द्रीय कमिटी बैठकको बैठक बसेर निर्णय गर्नुपर्ने सुुझाव दिएका ज्ञवालीले बताए ।

‘माओवादीबाट एमालेमा आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पनि जेठ २ गतेसम्मको जुन केन्द्रीय कमिटी छ, त्यही बैठक बसेर कसलाई थप्ने, कसलाई हटाउने भन्ने निर्णय गर्नुपर्छ भन्ने सुझाव साथीहरुले दिनु भएको छ,’ ज्ञवालीले भने । यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई समेटेर माधव नेपाल पक्षलाई जिम्मेवारीविहीन बनाएका थिए ।

त्यस्तै ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । यद्यपि पार्टी एकतालाई कायम राख्ने भन्दै सो कारबाही ओलीले फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...