उपप्रधानमन्त्री र उपत्यका मेयर फोरम बैठकः ४ वटा एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव



हाम्रो इकोनोमि

 

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्व लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गर्नुभयो । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उहाँले बताउनुभयो । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेकोा बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सहभागिता थियो ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...