माधव र भीम रावल रुख चिन्हबाट चुनाव लडन तयार



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्पमा नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन कांग्रेसकै चुनाव चिन्ह दिएर जिताउने प्रतिवद्धता जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल समुहका नेताहरुसँग यस्तो प्रस्ताव राखेका हुन ।

केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार भएमा उपनिर्वाचनमा कांग्रेसको चुनाव चिन्हमा उम्मेद्वार बनाएर जिताउने हामीले बचन दिएका छौं, देउवा निकट एक नेताले भने । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव समुहका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ । सोहीअनुसार कांग्रेसले सांसद पदबाट राजीनामा दिएर गुन लगाए कांग्रेस बनाएर चुनाव जिताउने प्रस्ताव गरेको हो । सो प्रस्तावमा नेता नेपाल र भीम रावलले देउवासामू नै सहमती जनाए पनि अन्य नेताहरुले ठाडै इन्कार गरेको स्रोतले बतायो ।

‘महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि विकल्प छ । माधव पक्षले सहयोग गर्‍यो भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षलाई मनाउने प्रयास छ’, कांग्रेसबाट वार्तामा सहभागी एक नेताले भने । ती नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिनुभएको थियो । तर एमालेबाट निर्वाचित पद त्यागेर पुनः सांसदकै लागि रुख चिन्ह लिएर चुनावमा उठन माधव समुहकै अन्य नेता तयार नभएका हुन ।

कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् । सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर जान नसकिने निश्कर्ष सुनाएका छन । कांग्रेसको प्रस्ताव सिधै नभई घुमाएर कांग्रेस प्रवेश गर्ने रहेको ती नेताहरुको बुझाइ छ ।

नेपाल समुहका अधिकांश नेताले सांसदबाट राजीनामा दिएर फेरि कांग्रेसको उम्मेद्वार बन्दै चुनाव लडने प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन । माधव समुहको बैठकमा सहभागी एक नेताले  दिएको जानकारीअनुसार नेपाल र रावलले प्रस्ताव राख्नसाथ ‘यस्तो निकृष्ट कुरा कहाँबाट आयो ? सिधै खारेज गरिन्छ’ भन्दै अन्य नेताले कडा आपत्ति जनाएका हुन ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...