नेपाल पक्षका सांसद जयकुमार राईले पनि राजीनामा नदिने, अब १६ सांसद मात्र बाँकी



हाम्रो इकोनोमि

 

विपक्षी गठनबन्धनलाई प्रतिनिधिसभामा बहुमत पुर्याइदिनका लागि नेकपा एमालेको माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने तयारी भइरहेका बेला कति सांसद राजीनामाको लागि तयार भए भन्ने खुलेको छैन ।

मंगलवार साँझ देउवा निवासमा भएको छलफलमा माधव नेपाल र भीम रावलले कम्तिमा १६ सांसदको राजीनामा आउने आश्वासन दिएको बताइएका बेला नेपाल पक्षका सांसद जयकुमार राईले राजीनामा नदिने संकेत गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राईले आफू पार्टी फुटको विपक्षमा रहेको बताए। सांसद राई जसपा नेता अशोक राई लाई चुनावमा दोब्बर बढी मतान्तरले पराजित गरेका धराने सांसद हुन्।

राजीनामा दिन लाग्नुभएको हो भन्ने ? नेपाल प्रेसको प्रश्नमा राईले भने, ‘यो कोभिड महामारीको समय कुर्सीको लडाई होइन जनताको सेवा गर्ने समय हो। म पार्टी एकताको पक्षमा छु।’ पार्टी फुटाउने पक्षमा लाग्न सक्दिन । ७-८ लाख कार्यकर्ताले बनाएको पार्टी भएकोले सबैको भावनाको सम्मान आफुले गर्ने सांसद राईले बताए।

उनले भने- पार्टीको मुद्दा पार्टीमा मिलाउनुपर्छ । पार्टी फुटाउन लाग्नु हुन्न । एमाले बनाउन सिनियर नेताको मात्रै योगदान नभएर लाखौं कार्यकर्ताको समेत योगदान छ, सबैको मर्म सम्मान हनुपर्छ । सांसद राई वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...