राजीनामा दिने एमालेका सांसदलाई उपनिर्वाचनमा कांग्रेसले जिताउने जिम्मा



हाम्रो इकोनोमि

 

नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन जिताउने वचन दिएको छ । सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।

केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि विकल्प छ । माधव पक्षले सहयोग गर्‍यो भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षलाई मनाउने प्रयास छ’, कांग्रेसबाट वार्तामा सहभागी एक नेताले भने । ती नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन्  कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए ।

सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् । ‘योबेला सांसदबाट राजीनामा दिनेहरूलाई उपनिर्वाचनमा सहयोग गरेर पुनः संसदमा ल्याउने प्रस्ताव पनि भएको छ । अब हेरौं नतिजा के हुन्छ ?’, कांग्रेस स्रोतले भन्यो ।

सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर राजनीतिक कसरी जोगाउने ? भनी प्रश्न गर्दै आएका छन् । यहीकारण उपनिर्वाचनमा एमालेको ओलीपक्षका उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीले माधव पक्षका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति जुटाउन खोजिएको हो । रिक्त रहने सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...