प्रधानमन्त्रीप्रति आभारी छु : महन्थ ठाकुर



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।

अहिलेपनि हामी विभेद र भेदभावको शिकार भइरहेका छौं । अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...