प्रधानमन्त्रीप्रति आभारी छु : महन्थ ठाकुर



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।

अहिलेपनि हामी विभेद र भेदभावको शिकार भइरहेका छौं । अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...