जेठ २ मै पुगेर एमालेलाई जोगाउँने तयारी



हाम्रो इकोनोमि

 

अर्थमन्त्री विष्णु पौडेल र माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईबीचको पछिल्लो संवादपछि एमाले एकता कायमै राख्ने ढंगले नेताहरू बहुपक्षीय वार्तामा जुटेका छन् । आजको संसद बैठकमा विश्वासको मत दिने बेलासम्म पनि अध्यक्ष केपी शर्मा ‌ओलीले ‘फेस सेभिङ’ को लागि सम्बोधन गरे पनि संसदमा उपस्थित हुने सन्देश माधव पक्षका दोस्रो तहका नेताले पठाएका छन् ।

वार्तामा सहभागी नेताहरूले सकेसम्म नेपाल पक्षका सांसद प्रधानमन्त्रीको पक्षमा उभिने वातावरण बनाउन लागिएको बताएका छन् । उनीहरू ओलीबाट सकारात्मक जवाफ पर्खेर बसेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएरै अर्थमन्त्री तथा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेल संवादमा सक्रिय छन् । पौडेलसँगको छलफलपछि घनश्याम, योगेश र गोकर्ण लगायतका नेताहरु सिंहदरबारमै नेताहरूसँग टेलिफोन र भेटघाटमार्फत कुरा गरिरहेका छन् ।

माधव नेपाललाई पनि लचिलो बन्ने गरी मनाउन उनी निकट केही सांसदहरुलाई कोटेश्वर पठाइएको थियो । २०७५ जेठ २ कै सेरोफेरोमा रहेर एमालेको विवाद मिलाउने र एउटा उच्चस्तरीय कार्यदल गठन गर्ने कुरा चार नेताको छलफलमा भएको छ ।

दुवै पक्षले आ-आफ्ना शीर्ष नेतृत्वलाई जानकारी गराउने र एमालेलाई संसदमा विभाजित अवस्थामा नपुर्‍याई सबै सांसद एक ठाउँमा उभिने वातावरण बनाउने प्रयास भइरहेको ती नेताले बताए । यसबीचमा ओली र माधव नेपालबीच टेलिफोनमा कुराकानी गराउने र जेठ २ को सेरोफेरोमा एमालेलाई लैजाने ढंगले सकारात्मक कुराकानी भएको नेताहरूको भनाइ छ ।

वार्तामा सहभागी एक नेलो भने, ‘माधव कमरेड र भीम रावल कमरेडमा अलि समस्या देखिएको हो तर हामीले पार्टी विभाजनमा लाग्दैनौं भनेपछि उहाँहरुले मात्र निर्णय लिन सक्ने कुरा पनि भएन । जेठ २ का वरिपरि पुगेर एमालेलाई जोगाउँ, माओवादीबाट आएका कमरेडहरुलाई पनि समायोजन गर्न सकिन्छ । यो कुरामा सम्बोधन हुनासाथ कुरा मिल्छ ।’ अहिले माधव नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलमा बसेर संसदको लाइभ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...