माधव पक्षले सामूहिक राजीनामा नदिने



हाम्रो इकोनोमि

 

नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।

सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ ।

पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए । उनले राजीनामाबारे छलफल भएपनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा पुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...