सामूहिक राजीनामा दिने कुरामा सांसदहरू नै विभाजित



हाम्रो इकोनोमि

 

 

सामूहिक राजीनामाबाट  माधव समूह पछिहटेको छ । यद्यपि राजीनामा दिने कि अनुपस्थित हुने भन्ने बारे माधव समूहका नेता छलफलमै छ । सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएपछि स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन् ।

सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछि माधव नेपाल अहिले स्थायी कमिटी सदस्यहरूसँग छलफलमा छन् ।

अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि आह्वान गरेको अवस्थामा राजीनामा दिँदा आफूहरूसँग कुनै विकल्प बाँकी नरहने सुझाव आएको एक सांसदले बताए । बैठकमा उपस्थित भएका समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए । आजको बैठकमा २८ जना सांसद सहभागी भएको नेता झपट रावलले बताए

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...