जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई चेतावनी



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् । ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् । ती विषय उनीहरुले बालुवारटामा समेत जानकारी गराएका छन् ।

देउवालाई ठाकुरले प्रष्टसँग भनेका छन्-

१ः विश्वासको मतमा जसपा तटस्थ बस्छ,उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।

२ः वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।

३ः सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।

वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...