मन्त्री माग्दै ठाकुर–महतो देउवा निवासमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । सभापति देउवाको बुढानिलण्ठस्थित निवासमा तीन नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । भेटमा वैशाख २७ गतेको विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको तयारी र नयाँ सरकारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमा अडान राख्दै आएका छन् । उनीहरूको दल जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विपक्षमा छन् । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले समूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने तयारी गरेका बेला ठाकुर र महतोले देउवासँग भेट गरेका छन् ।

देउवासँगको भेटमा के–के विषयमा कुराकानी भएको हो औपचारिक रुपमा केही भनिएको छैन । प्रधानमन्त्री ओली चारैतिरबाट दवावमा परिरहेका बेला देउवासँग ठाकुर–महतोबीच भएको भेटवार्ताले नयाँ तरंग ल्याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...