राजीनामाको पक्षमा ११ सांसद मात्रै, सुरेन्द्र पाण्डेसहित पाँच नेता ओली क्याम्पमा



हाम्रो इकोनोमि

 

लामो समयदेखि पार्टी नेतृत्वबिरुद्ध अभियान चलाउनु भएका एमाले नेता माधवकुमार नेपाल अन्ततः एक्लै भएपनि बाहिरिने निश्कर्षमा पुग्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको योजनाअनुसार एमालेबिरुद्ध अभियान चलाउनु भएका नेता नेपालले पछिल्लो समय राष्ट्रियसभाका एक सांसदका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत सौदावाजी गर्दै आफ्नो इगो पूरा गर्न एमाले नेतृत्वको सरकार हटाउने एग्रिमेन्ट गर्नुभएको छ ।

सोही योजनाअनुसार नेता नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट बिश्वासको मत लिने दिन बैशाख २७ अघि नै आफू पक्षधर सांसदको राजीनामा दिने निश्कर्ष सुनाउनु भएको छ । नेता नेपालको सोही निश्कर्षअनुसार नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भन्दै धम्कीपुर्ण सूचना बालुवाटार पठाइएको स्रोतले  बतायो ।

यसबीचमा अध्यक्ष ओलीलाई झुक्याउन र झुकाउन नसकिएको कारण नेपाल समुहले बार्ता भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको बताएको छ । तर  सांसदबाट राजीनामा दिने नेपालको प्रस्तावमा शनिवार रातीसम्म ११ जना सांसदले मात्रै सहमति जनाएका छन । ‘जति संख्या छ भने पनि ११ जना सांसद मात्रै राजीनामाको पक्षमा देखिनु भएको छ,’ नेपाल निकट ती नेताले जनताटाइम्ससँग भने ।

उनका अनुसार राजीनामा दिने नेपालको प्रस्तावमा अधिकांश नेताले बिमति जनाएका छन । नेता नेपालले प्रचण्ड र देउवासँग आफूसँग ३४ सांसद रहेको बताए पनि अन्तिमसम्मत्यही ११ जनामा सिमित हुने अवस्था देखिएको हो । स्रोतका अनुसार माधव नेपालसहित भीम रावल, युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिनु भएको छ । तर सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेलगायतका प्रभावशाली नेताहरु एमालेभित्रै संघर्ष गर्ने पक्षमा उभिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...