३० साँसदलाई कोरोना, विशेष अधिवेशन स्थगनको संकेत



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक क्याबिनेट बैठक बोलाउनु भएको छ । नियमित बैठक सकिएको तेस्रो दिन आज साँझ ५ बजे बिना कुनै बिशेष एजेन्डा बैठक बोलाइएको हो । पर्सि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा रहनुभएका प्रधानमन्त्रीले परिस्थिति अनुकूल नदेखेपछि केही महत्वपूर्ण निर्णय लिन क्याबिनेट बैठक बोलाएको हुनसक्ने अनुमान गरिएको छ । क्याबिनेटको नियमित बैठक सोमबार या बिहीबार राख्ने गरिएको छ । दुई दिनअघि मात्र बैठक बसेको थियो । आज शनिबार अकस्मात बैठक बोलाइएपछि प्रधानमन्त्रीले संसद्को विशेष अधिवेशन स्थगित गर्न खोजेको अनुमान गरिएको छ ।

बालुवाटार स्रोतले विशेष अधिवेशन स्थगनको सम्भावना बढेको बतायो । स्रोत भन्छ, ‘कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ,मन्त्रीज्यूहरु नै संक्रमणको शिकार हुनुपरेको अवस्था छ । त्यसैले अधिवेशन स्थगित हुने सम्भावना उच्च छ । यसबारे आजको क्याबिनेटले निर्णय गर्न सक्छ ।’

बालुवाटार निकट स्रोतले कोरोनालाई कारण देखाए पनि यथार्थमा भने राजनीतिक परिस्थिति प्रतिकूल बन्दै गएपछि ओली अधिवेशन स्थगित गर्ने मनस्थितिमा पुगेको बताइन्छ । माधव नेपाल खेमासँग कुरा नमिलेको र जसपाले चाहेजति भोट दिने अवस्था नदेखेपछि ओली तत्काल विश्वासको मत नलिने सोचमा पुगेको सुन्नमा आएको छ ।

आफैंले बोलाएको अधिवेशनबाट फिर्ता हुन अप्ठेरो हुने भएपछि कोरोना संक्रमणलाई कारण देखाएर ओलीले संसद छेक्ने रणनीति अघि सारेको विपक्षीको आरोप छ । जसपा बरिष्ठ नेता राजेन्द्र महतोले पनि विशेष अधिवेशन स्थगनको सम्भावना बताएका छन् । ‘ओली आफैँले बोलाएकाले अधिवेशन अन्त्यको निर्णय गर्न अप्ठेरो छ । त्यसैले कोरोना संक्रमण बढेकोले बैठक बस्न नसकिने भयो भनेर अधिवेशन स्थगित हुन सक्छ’, आफ्नो सर्कललाई महतोले भनेका छन् ।

त्यसो त,कोरोना संक्रमण पनि डरलाग्दो गरी फैलिएको छ । सरकारका चार मन्त्री तथा दर्जनौं सांसद संक्रमित भैसकेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनाल,जसपा नेता तथा सँसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण,तनहुँका चर्चित सांसद किसान श्रेष्ठ,सरिता न्यौपाने,डा.दिपकप्रकाश भट्ट लगायत ३० जना सांसदलाई कोरोना लागेको बताइएको छ । संसद सचिवालयका एक उपसचिव कृष्ण खनालको कोरोना संक्रमणकै कारण हिजो मृत्यु भएको थियो ।

पहिले नै १४ जना माननीय कोरोना पीडित भएकोमा आज पार्वता बिसी चौधरी,नरमाया ढकाल,रामबाबु यादव, सुरेशकुमार राई,पुष्पा कर्ण कायस्थ, ललेखा समिति सभापति भरतकुमार शाह, प्रमोद साह,नीराकुमारी साह र महेश बस्नेत पनि संक्रमितको सूचिमा थपिनुभएको छ ।

त्यस्तै,प्रधानमन्त्रीका निजी सचिव इन्द्र भण्डारी,प्रेस सल्लाहकार सूर्य थापा,संसद सचिवालयका १९ जना सुरक्षाकर्मी,६ जना मर्यादापालक र बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका ४ जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।
अनिवार्य परीक्षण गर्दा प्रतिनिधिसभाका कूल माननीयको १०% संक्रमित देखिनु डरलाग्दो पक्ष हो । यही अनुपातले कूल जनसंख्यामा स्वास्थ्य परीक्षण गर्दा नतिजा अझ नराम्रो आउन सक्छ ! स्वास्थ्य मन्त्रालयले दैनिक ल्याउने नतिजा त र्याण्डमको मात्रै हो जनआस्थाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय क्याबिनेटमा पठाइसकिएका कारण आज त्यसबारे निर्णय हुनसक्ने जनाइएको छ । वीरमा ८ सय बेड छन् । तीमध्ये ७ सय बेडलाई कोभिड उपचारका लागि प्रयोग गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...