माधव पक्षका सांसदले आजै राजीनामा दिने, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार



हाम्रो इकोनोमि

 

 

 

सत्तारुढ नेकपा एमालेभित्र पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको भएपनि त्यसअघि माधव पक्षका सांसदहरुको राजीनामा आउनुपर्ने देउवाको शर्त छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने देउवाको आँकलन छ ।

आज बस्ने कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गर्ने सम्भावना छ । त्यसअघि नै माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी छ । ‘कांग्रेस अविश्वास प्रस्ताव ल्याउन तयारी अवस्थामा छ । माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव आउँछ’, एक कांग्रेस नेताले  भने ।

ती नेताका अनुसार कांग्रेस संसदीय दलको बैठकअघि नै एमाले सांसदहरुले सामुहिक राजीनामा दिने सहमति बनेको थियो । यद्यपि एमालेभित्र विभाजन रोक्ने र सहमति जुटाउने अन्तिम प्रयास चलिरहेको छ । ‘माधव पक्षले राजीनामा दिएन भने अविश्वासको प्रस्ताव आउने सम्भावना कम छ । आज संसदीय दलले निर्णय गर्नैपर्ने हो’, कांग्रेस नेताको भनाई छ ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्नैपर्ने दवावमा विपक्षी दलहरु रहेका छन् । माधव पक्षका केही नेताहरुले भने अविश्वास प्रस्ताव दर्ता भएपछि पनि राजीनामा दिन सकिने बताउँदै आएका छन् । एमाले एकता कायम गर्न दुवै पक्षका दोस्रो तहका नेता आज पनि छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...