मन्त्री साहले निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरे



हाम्रो इकोनोमि

 

शहरी विकास मन्त्री प्रभु साहले ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् । आज दिउँसो अनुगमनमा गएका मन्त्री साहले आधुनिक र प्रविधियुक्त ३ हजार क्षमताको निर्माणाधीन सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगिसकेकोले द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । सम्मेलन केन्द्रको निर्माण गरिरहेको शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले हालसम्म ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिदै अबको केही दिनमै कार्य सम्पन्न भई उद्घाटन हुने बताए ।

निर्माण कम्पनीकाका अनुसार हाल भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र भित्र आवश्यक अन्य सामग्री जडानको क्रममा रहेको छ । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा/सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि मन्त्रीपरिषदको विशेष निर्णयका आधारमा हल निर्माणका लागि शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसलगत्तै शहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो । विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो सम्मेलन केन्द्र २०७७ कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ ।

करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो सम्मेलन केन्द्रको ठेक्का केसी–समानान्तर जेभीले ५८ करोड २४ लाखमा पाएको हो । ११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहेको छ । मुख्य हल प्रवेश गर्नुअघि उत्तर र दक्षिण दिशामा साना दुई बहुउद्देश्यीय हलका साथै उक्त भवनमा विशिष्ट व्यक्तिका विशिष्ट कक्ष, सहायता कक्ष र विभिन्न समयमा कार्यक्रमका लागि आदानप्रदान कक्षसमेत निर्माण गरिएको छ । मुख्य हलमा ३ हजार सिट, कार्यक्रम प्रस्तुतिका लागि मञ्च, आवश्यक कक्षको समेत व्यवस्था गरिएको छ ।

यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण हुन लागेको हो । सम्मेलन केन्द्र निर्माण भएसँगै अब राष्ट्रिय स्तरको मात्र नभई सार्क सम्मेलन, बिम्स्टेक सम्मेलन जस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न सकिनेछ । कोरोनाको संक्रमणलाई ध्यानमा राखी मन्त्री साहको सानो अनुगमन टोलीमा मन्त्रालयका सचिव रमेश सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलसहित ५ जनाको मात्र सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...