माधव नेपालले भने संवैधानिक आयोगहरूमा हाम्रो भाग खै



हाम्रो इकोनोमि

 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् । उनले भने संवैधानिक आयोगहरूमा हाम्रो भाग खै ।

सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वानसमेत गरेका छन् ।

नेपालले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...